Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देन र इप्पान पदाधिकारीबीच ऊर्जा विकासको विषयमा छलफल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले राप्रपा अध्यक्ष एवं निवर्तमान उपप्रधानमन्त्री, ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् ।

सोमबार इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्की लगायतका पदाधिकारी सदस्यहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर अध्यक्ष लिङ्देनसंग भेट गरेका हुन् ।

उक्त भेटमा नेपालमा विद्युत् उत्पादनको क्षेत्रमा रहेका समस्या र सम्भावनाका बारेमा छलफल भएको बताईएको छ ।

ऊर्जामन्त्रीको छोटो कार्यकालमै पनि ऊर्जा क्षेत्रको समस्याको पहिचान गरी त्यसको समाधानको प्रयास सुरु गरेकोमा इप्पान टोलीले लिङ्देनलाई धन्यवाद दिए।

अध्यक्ष लिङ्देनले मन्त्रालयको नेतृत्वमा इमानदारिता र इच्छाशक्ति हुने हो भने नेपालमा ऊर्जा क्षेत्रको विकासमार्फत देशलाई नयाँ दिशामा लैजान सम्भव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077