Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक जारी, मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले पनि जारी छ । बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल भइरहेको छ ।

आज आइतवारको संसद् बैठकअघि दलहरूबीच भएको छलफलले प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आज नै पारित गर्ने निर्णय गरेको छ ।

मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । सांसदहरूले राखेका संशोधनहरूलाई एकीकृत गरेर साझा दस्तावेज बनेको र त्यसलाई संसदबाट पारित गर्ने सहमति भएको बताइएको छ । तर जनता समाजवादी पार्टी (जसपा) का सांसदहरूले भने मिटरब्याजसम्बन्धी विधेयकलाई जस्ताको त्यस्तै पारित गर्न नहुने भन्दै विरोध गरेको छ ।

मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० गतेभित्र पारित गरिसक्नुपर्नेमा नेकपा एमालेको संसद् अवरोधका कारण विधेयक निष्क्रिय बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077