Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभा बहिस्कार गर्ने एमाले र राप्रपाको निर्णय

कैलाली । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यले शनिबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार गर्ने निर्णय गरेका छन् ।

दिउँसो ३ बजे बोलाइएको बैठक अहिलेसम्म नबसेको भन्दै उनीहरुले बैठक बहिस्कारको घोषणा गरेका हुन् ।

३ बजे बैठक बस्ने सहमति भए पनि सरकार र सत्तापक्षका कारण समयमा बैठक सुरु नभएका कारण शनिबारको बैठक बहिस्कार गर्ने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा आजै बजेट पारित गर्ने सरकारको तयारी छ । सत्तारुढ दलहरुबीच निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने सहमतिपछि बजेट पारित गरिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077