Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशमा सांसदलाई ५ करोड दिने सहमति

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र सत्ता गठबन्धनका नेताहरू बिचको छलफल सकारात्मक भएको छ ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेशसभा सदस्यको योजनामा निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड बजेट राख्ने सहमति गरेको हो ।

प्रदेशसभामा प्रस्तुत बजेटमा सत्ता पक्षबाटै तीव्र असन्तुष्टि चुलिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सांसद विकास कोषको बजेटलाई ३ करोडबाट ५ करोड पुर्याउने सहमति गरेका छन् ।

उक्त सहमति पछि बजेटमाथिको विरोध मत्थर हुने देखिएको हो । बजेटको निकासबारे मुख्यमन्त्री शाहले आज सत्तारुढ दलको बैठक राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077