Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • हराएको दुई सातापछि जंगलमा शव, मृतकको भिसेरा जाँच हुने

    हराएको दुई सातापछि जंगलमा शव, मृतकको भिसेरा जाँच हुने

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 903
    SHARES

    फाइल तस्विर

    भक्तपुर । घरबाट हराएको दुई सातापछि सूर्यविनायक नगरपालिका–७ गुण्डू निवासी ३७ वर्षीया माया नगरकोटीको शव प्रहरीले सूर्यविनायक जंगलमा फेला पारेको छ।

    यही असार १३ गते बुधबार बिहान साढे ८ बजे माया घरबाट हराएकी भन्दै परिवारले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले तालिम प्राप्त कुकुरसहित विभिन्न निकायमा प्रहरीको टोली परिचालन गरी खोजी कार्य गर्ने क्रममा गुण्डू अस्थायी प्रहरी पोष्टबाट खटिएका प्रहरीले जंगलमा शव फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।



    प्रहरीले नगरकोटीको खोजीका क्रममा अन्तिम पटक सूर्यविनायक गणेश मन्दिरबाट पानीट्यांकी हुँदै मन्थलीको बाटो जाँदै गरेको सीसीटीभीबाट देखिएपछि प्रहरीले जंगलमा खोजी केन्द्रित गरेको थियो।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी लगायत चार वटा तालिम प्राप्त कुकुरसहित प्रयोग गरी प्रहरीले खोजी गरेको उनले जानकारी दिए।

    प्रहरी उपरीक्षक केसीले शवलाई पोष्टमार्टमका लागि पठाएको जानकारी दिँदै मृतकका भिसेरा जाँचसमेत गर्न पठाएको बताए। त्यसको रिपोर्ट आएपछि मात्रै के र कसरी मृत्यु भयो भन्ने जानकारी आउने उनले जानकारी दिए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार