Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेटसम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश

काठमाडौं । बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणिकरणका राष्ट्रपति समक्ष पेश भएको छ ।

सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयकहरु प्रमाणित गरी राष्ट्रपति समक्ष पेश गरेका हुन् ।

सभामुख घिमिरेले प्रमाणिकरणका लागि पठाइको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणित गरेर संविधानको धारा ११३ बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएका हुन् ।

राष्ट्रपति पौडेलले पनि शुक्रबार नै विधेयक प्रमाणिकरण गर्ने तयारी गरेका छन् । संघीय संसद्‌का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने संवैधानिक प्रावधान छ ।

सरकारले जेठ १५ गते संसद्‌मा पेश गरेको बजेट राष्ट्रपतिले प्रमाणीकरण गरेपछि साउन १ देखि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077