Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा चट्याङ लागेर १० जनाको मृत्यु

एजेन्सी। भारतको पूर्वी राज्य विहारमा चट्याङ लागेर १० जनाको मृत्यु भएको छ ।

बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरले बताएका छन् ।

गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ ।

सन् २०२२ मा भारतभर चट्याङका कारण ९०७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077