Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो ।

त्यस्तै, बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित भएको छ। प्रतिनिधि सभाको सन्देशसहित राष्ट्रिय सभामा अर्थमन्त्री प्रकाशशरण महतले उक्त विधेयक पेस गरेका थिए।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकलाई निर्णयार्थ पेस गरेका थिए। बहुमतले पारित गरिएसँगै दुवै विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077