Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैतडीमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकहरूमध्ये एकको मृत्यु गएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका मध्ये २ वर्षीय नाति रेसम साउदको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गयराती मृत्यु भएको हो ।

हेरचाहाका क्रममा ५० वर्षीय गणेश साउँदले दुई वर्षीय आफ्नै नाती रेसम साउँद र ८ वर्षीय रिजन साउँदलाई कुटेर गम्भीर घाइते बनाएका थिए ।

रिजनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । हजुरबुवाको निर्घात कुटपिटबाट दिपक साउदका दुई वर्षीय छोरा रेसम र ८ वर्षीय रिजन गम्भीर घाइते भएका थिए ।

हेरचाहा गर्न हजुरबुवासँग छोडेर आमा र हजुरआमा घाँस काट्न गएको बेला साउदले नातीहरुलाई निर्घात कुटपीट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077