Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आदिकवि भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक हुन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्य नेपाली राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् ।

भानुभक्तको २१० औं जन्मजयन्तीको अवसरमा सन्देश दिँदै राष्ट्रपति पौडेलले उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको बताएका हुन् ।

उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनमा भानुभक्तको योगदान अतुलनीय रहेको बताएका छन् । भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रूपमा समुन्नत तुल्याएको पनि उनको भनाइ छ ।

“आदिकवि भानुभक्तले अत्यन्त सरल र रोचक ढंगले नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढंगले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक एकता अभिवृद्धि भएको छ । भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्वपूर्ण रचना हो,” पौडेलले सन्देशमा भनेका छन्, “नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायमाझ सिर्जनाको महत्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन आह्वान पनि गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077