Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा १२ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२.६२ अंकले घटेको छ । नेप्से १२.६२ अंकले घट्दा नेप्से इन्डेक्स २०८४.९३ विन्दुमा पुगेको हो ।

आज दुई तीन अर्ब ३९ करोड ६ लाख बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल टेलिकमसहितका धितोपत्रको आज धेरै कारोबार भएको छ ।

यस्तै, आज कारोबारमा आएका तीन समूहको सूचक भने बढेको छ । आज बैंक, होटल र टुरिजम र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो । यसबाहेक अन्य १० समूहको सूचक भने घटेको छ ।

बिहीबार सेयर बजार घटेपनि आज एनएमबि बैंक डिभेन्चर २०८५ र एसबिएल डिभेन्चर २०३४ को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077