Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेलमा चिनेको साथीसँग मिलेर दुई युवकको अपहरण, ५० लाख फिरौती माग्ने सन्तोष पक्राउ

विराटनगर । सुनसरीका दुई युवकको अपहरण गरी फिरौती लिएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।

भारतीय गिरोहसँग मिलेर चिनजानकै साथीको अपहरण गरेको आरोपमा प्रहरीले उनलाई असार २५ गते सुनसरीको बराहक्षेत्र–१ स्थित झण्डा चोकबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले बस्नेतले भारतीय नागरिक इम्तियाजसहितको गिरोहसँग मिलेर बराहक्षेत्र नगरपालिका-५ का १९ वर्षका सौगात भण्डारी र २२ वर्षका छविलाल आचार्यको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

अपहरणकारीले बन्धक बनाएर राखेको भोलिपल्ट वैशाख २६ गते सौगातका बाबुलाई फोन गरेर ५० लाख रुपैयाँ फिरौती मागेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077