Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ट्रेलरको ठक्करबाट पाँचथरमा पैदलयात्रीको मृत्यु

पाँचथर । फिदिम(इलाम सडकखण्डमा ट्रेलरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

ट्रेलरको ठक्करबाट पहिचान नखुलेको यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख. ४८०७ नं.को खाली ट्रेलरले फिदिम नगरपालिका-३ लालीखर्कमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

शव पाँचथर अस्पतालको शव गृहमा राखिएको छ भने ट्रेलरका चालक र सहचालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077