Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साना व्यापारीलाई दुःख दिएको भन्दै महानगर अगाडी बालेन शाहविरुद्ध प्रदर्शन

काठमाडौं । ठेलागाडालगायत साना व्यापारीलाई अनावश्यक दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन गरिएको छ ।

सडक व्यापारीहरुको उचित व्यवस्थापनको माग गर्दै ‘इनफ इज इनफ’ले मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेका हुन् ।

बुधबार विभिन्न ब्यानर र प्याम्पलेट लिएर एक दर्जन जति स्वतन्त्र युवाहरुले महानगर गेटअगाडि उभिएर प्रदर्शन गरेका थिए ।

उनीहरुको महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेमाथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

सो प्रदर्शनमा जवाफदेहीता, नगरप्रहरीको ज्याजती, गैरकानुनी कदम तथा ठेलागाढा, साना सडक व्यापारीहरुको उचित व्यवस्थापनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077