Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक लाख घुससहित सडक डिभिजन कार्यालयका लेखा अधिकृत पक्राउ

काठमाडौं । सडक डिभिजन कार्यालय, लहान सिरहाका लेखा अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले लेखा अधिकृत पदम बिनोद पोखरेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले अधिकृत पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077