Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री महत भन्छन् - मौद्रिक नीति समग्र आर्थिक स्थायित्व कायम गर्नेगरी आउनुपर्छ

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै लक्ष्य नभएर समग्र आर्थिक स्थायित्व कायम गर्ने भएको बताएका छन् ।

मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।

उनले मुलुकको वर्तमान आर्थिक सूचकहरूले खुकुलो मौद्रिक नीति ल्याउन मिल्ने देखाएको बताए ।

उनले मौद्रिक नीतिको लक्ष्य मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै नभएर समग्र अर्थतन्त्रमा स्थायित्व र आर्थिक वृद्धि उन्मुख गराउने भएको बताए । उनले वर्तमान आर्थिक सूचकहरू अनुरुपमा चाँडै आउँदो वर्षको सुरुमा नै मौद्रिक नीतिले सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077