Online Nepal
  • शनिबार, २० पुष २०८१
  • डीआईजी बोहराको विश्वास – शान्ति सुरक्षामा गुणात्मक प्रतिफल दिने गरी प्रहरी सेवा स्तरिय हुने

    डीआईजी बोहराको विश्वास – शान्ति सुरक्षामा गुणात्मक प्रतिफल दिने गरी प्रहरी सेवा स्तरिय हुने

    पौने २४ करोडमा धनगढीमा बन्यो प्रहरी भवन

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 885
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको हाताभित्र नवनिर्मित कार्यालय भवन, आवास तथा मेश भवनहरूको उद्‍घाटन गरिएको छ ।

    सोमबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी उपमहानगरपालिका २ स्थित प्रदेश प्रहरी कार्यालयको हाताभित्र निर्माण भएको कार्यालय भवन, आवास तथा मेश भवनहरूको उद्‍घाटन गरेका हुन् ।



    सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले प्रदेश प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोगका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताए । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद ज्ञापन गर्दै प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च तथा कार्य सम्पादन क्षमता बद्धि भई समग्र शान्ति सुरक्षामा गुणात्मक प्रतिफल दिने गरी प्रहरी सेवा स्तरिय हुँदै जाने उल्लेख गरे ।



    सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक गणेश चन्दले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुमन दाहालले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित कूल २३ करोड ८६ लाख ९४ हजार ४ सय ४१ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण सम्पन्न भएको जानकारी दिए ।

    साथै सो कार्यक्रममा मुख्यमन्त्री शाहले भवन निर्माणमा सहयोग पुर्‍याउने अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदी लगायतका महानुभावहरूलाई प्रशंसा-पत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरू, धनगढी उपमहानगरपालिका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरू, संचारकर्मी, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार