Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एसीसी इमर्जिङ एसिया कप खेल्न नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाडौं । श्रीलंकामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा भाग लिन नेपाली क्रिकेट टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नै खेलाडी टोलीको बिदाइ गरेको हो । क्यानले यसअघि नै इमर्जिङ टिम्स एसिया कप खेल्ने १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनालले पुनरागमन गरेका छन् । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पनि टोली बाहिर छन् ।

प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत ए, पाकिस्तान ए र यूएईसँग खेल्ने छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भिम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077