Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीका मुद्दामा संसद् रोकिने कुरा रास्वपा स्वीकार्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसदमा अब ३ दल मात्र नरहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। सभापति लामिछानेले संसद्ले धेरै काम गर्नुपर्ने अवस्थामा तीन दलको मुड नचल्दैमा सदन अवरुद्ध हुन नहुने बताए ।

सभापति लामिछानेले भने,‘पार्टीका मुद्दामा संसद् रोकिने कुरामा रास्वपा स्वीकार्दैैन । यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? उनीहरुले जे गर्‍यो त्यही हो ? अरु माननीय चाहिँ केही होइन ?’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अझ स्पष्ट पार्नुपर्ने भन्दै राष्ट्रिय स्वाधीनताको मुद्दामा अप्ठेरो हुने खालका अभिव्यक्ति नदिन सचेत हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।

संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै सभापति लामिछानेले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा संसदलाई बन्धक बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077