Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयरबजार झिनो अंकले घट्यो, तीन अर्ब बढीको कारोबार

काठमाडौं । सोमबार नेप्से परिसूचक ०.८० अंकले घटेको छ । नेप्से ०.८० अंकले घट्दा नेप्से इन्डेक्स २०७६.९६ विन्दुमा पुगेको हो ।

यस दिन बजारमा १ करोड ११ लाख ८२ हजार ३३५ कित्ताको सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

सर्वाधिक परिसूचक वृद्धि हुनेमा वित्त समूह छ । यो समूहको परिसूचक २.७१ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज ३१ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077