Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरामा मापदण्डविपरीतका संरचनामा महानगरको डोजर

पोखरा । पोखरा महानगरपालिकाले सडक मापदण्डभित्र पर्ने संरचनामा डोजर लगाउन सुरु गरेको छ ।

महानगरले सोमबार पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको मापदण्डभित्र परेका संरचना डोजर लगाएर हटाएको हो ।

मापदण्डभित्र परेका संरचना हटाउन एक महिना अगाडि नै जानकारी दिइएको भए पनि अटेरी गरेपछि स्थायी-अस्थायी गरेर ६० भन्दाबढी संरचनामा डोजर चलाउन थालिएको हो ।

सडकको मापदण्डभित्र रहेका संरचना तथा सामग्रीहरू हटाउने र सरसफाइ गर्ने अभियान अन्र्तर्गत सडक ऐन, २०३१ ले राजमार्गबाट दायाँबायाँ २५-२५ मिटर सडक मापदण्ड निर्धारण गरेको छ ।

विमानस्थल गेटबाहिर नै वर्कसप, हेभी इक्विप्मेन्ट सेन्टर, जथाभावी फोहोरले कुरुप भएपछि महानगरले सफाइ अभियान अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077