Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

झापा । झापा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित पाँचजनालाई पक्राउ गरेको छ ।

झापाको दमकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दमक-१ निवासी २० वर्षीय शैलेश कुमार मगर,सोही ठाउँका २३ वर्षीय एनोस राई, दमक-२ निवासी २८ वर्षीय मदन बहादुर मगर, सोही ठाउँका २५ वर्षीय हेम श्रेष्ठ र दमक-६ निवासी २० वर्षीय अन्जान मगर रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले ५ ग्राम ब्राउन सुगर फेला पारेको थियो । पक्राउ परेका पाँचैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077