Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई हर्कको ढाडस, भन्छन् - नडराउनुस् हजुरको साथमा म छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिएका छन् ।

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन । अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेपछि साम्पाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाए ।

साम्पाङले ट्वीटरमा लेखेका छन्, ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं ।’ आइतबार साँझ सामाजिक सञ्जालमा बालेनले आजबाट आफू तारिखमा रहेको लेखेका थिए ।

'आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077