Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले भने - भारतको विरोध गर्दा म आजबाट अपराधी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुमा स्ट्याटस लेख्दै मेयर बालेनले भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा अपराधी भएको बताएका हुन् । उनले आज आफ्नो लागि विशेष दिन भएको समेत बताए ।

उनले लेखेका छन्, 'आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै, प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आज बाट अपराधी । जय होस् यो देशको । '

सर्वोच्च अदालतले असार १३ गते लिखित जवाफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको थियो । सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन मंगलबार आदेश दिएको हो । बालेन आज सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएको बताइएको छ ।

हिन्दी सिनेमा बन्द गर्ने विषयमा उनले सरकार र अदालत भारतको अधिनमा रहेको भन्दै अदालतको निर्णय नमान्ने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077