Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बासी खाना दिएपछि सौतेनी आमाको हत्या, एकजना पक्राउ

जनकपुरधाम । धनुषामा आफ्नै सौतेनी आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

बासी खाना खान दिएको भन्ने विषयमा विवाद हुँदा भारतीय नागरिक हाल धनुषाको गणेशमान चारनाथ-४ शिवनगर बस्दै आएका २० वर्षीय प्रेमकुमार भगतले सौतेनी आमा मीरादेवी भगतको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हत्या आरोपमा प्रेमलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

घरमा कोही नभएका बेला बासी भात खान दिएको विषयमा विवाद हुँदा सौतेनी आमा मीराले चिरपटले प्रहार गर्न खोज्दा बचाउका लागि सोही चिरपटले हानेपछि उनको मृत्यु भएको र घटना ढाकछोप गर्न जलाएको भन्ने कुरा प्रेमले स्वीकार गरेको धनुषा प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077