Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेले भने - तीन दलले संसदमा सिन्डिकेट लागू गर्न खोजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद तीन नेताको मुडमा चलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार संसद् भवन परिसरमा सभापति लामिछानेले तीन नेताको कुरा मिल्दा चल्ने नत्र नचल्ने हुनु गलत अभ्यास रहेको बताएका हुन् ।

सभापति लामिछानेले भने,‘प्रधानमन्त्रीले अशोभनीय कुरा बोल्नु भयो। गम्भीर विषय बोल्नु भयो। यसबारे जवाफ दिनुपर्छ । सार्वभौम प्रधानमन्त्रीले अमुक मानिस मलाई प्रधानमन्त्री बनाउन दिल्ली जानुभयो भन्नेजस्ता कुरा बोल्नुभयो, त्यो कुरा अत्यन्त गम्भीर छ। त्यसको जवाफ उहाँले दिनुपर्छ। सदन केही नेताको मुडमा चल्ने चिज होइन, सदन जनताप्रति उत्तरदायी हुनुपर्ने हो। जनताले हामीबाट धेरै अपेक्षा गरेका छन् ।’

तीन दलले संसदमा सिन्डिकेट लागु गर्न लागिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे । आफूले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँग पनि कुरा गरेको बताए ।

उनले सभामुखले संसदमा रास्वपालाई बोल्न नदिएकोबारे पनि गुनासो गरे। सदन रास्वपाको कारण रोकिएको भन्ने सन्देश गएको भन्दै त्यसको पनि खण्डन गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077