Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र इप्पान पदाधिकारीबीच ऊर्जा विकासको विषयमा छलफल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

शुक्रबार ओली निवास बालकोटमा भएको भेटमा अध्यक्ष ओलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै विकास विरोधी वनका मुद्दामा मिलेर जाने प्रतिबद्धता जनाएका छन्।

इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले पेस गरेको केही नेपाल ऐन संशोधनमा संशोधित व्यवस्था जस्ताको तस्तै पारित भएमा ऊर्जा विकासका लागि बाधक हुने बताए ।

भेटमा इप्पानले विद्युत ऐन तत्काल पारित गर्नको लागि भूमिका खेलीदिन, ऊर्जा विकास मैत्री निर्माण गर्न, १० वर्ष भित्र ऊर्जामा बैंकको लगानी २५ प्रतिशत पुर्याउनका लागि आफ्नो ठाउँबाट सहजिकरण गरिदिन माग गरे ।

अध्यक्ष ओलीले जलविद्युत क्षेत्रका तमाम समस्याको बारेमा आफू जानकार रहेको भन्दै अव्यवहारिक नीति नियमको विरुद्ध आफूले आवाज उठाएर विकास विरोधी वनका मुद्दामा मिलेर जाने प्रतिवद्धता जनाए ।

उक्त भेटघाटमा इप्पानका अध्यक्ष कार्कीसहित वरिष्ठ उपाध्य मोहनकुमार डाँगी, उपाध्यक्ष उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिव भरत नेपाल, लगायतका कार्यससितिका पदाधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077