Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा लक्षित पद्मा अर्यालको टिप्पणी - खहरेको भेल जस्तै हो, केही समयमा सुकेर जान्छ

पाल्पा स् नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी खहरेको भेल जस्तै भएको टिप्पणी गरेकी छिन् ।

नेकपा एमाले गुल्मी आठौँ बैठकलाई शनिबार सम्बोधन गर्दै यस्तो टिप्पणी गरेकी हुन् । उनले यो खहरेको भेल केही समयमा सुकेर जाने बताइन् ।

उनले भनिन् 'मुलुकमा ठूलो परिवर्तनसँगै नयाँ नेतृत्व आउने हो तर रास्वपा त्यस्तो अवस्थाबाट आएको होइन। कुनै युद्धबाट जन्मिएको पार्टी पनि होइन। कुनै विचार छैन । सिद्धान्त छैन। कहाँ पुग्ने हो‚ गन्तव्यको टुंगो छैन। बर्खामा आएजस्तो खहरेखोला जस्तै हो। सररर आउँछ अनि सुकेर जान्छ ।'

आफ्ना कार्यकर्तालाई नबहकिनसमेत उनले अनुरोध गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077