Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भैँसी लड्न लागेको बेला काँध थाप्दा च्यापिएर वडा सचिवको मृत्यु

दैलेख । दैलेखमा भैँसीको जिउले च्यापिएर वडासचिवको मृत्यु भएको छ ।

जिल्लाको नारायण नगरपालिका–१० का ५५ वर्षीय चक्रबहादुर कटुवालको भैँसीको जिउले च्यापिएर ज्यान गएको हो ।

वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर उनको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077