Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घर भत्किएर च्यापिदा एक जनाको मृत्यु

डोटी । डोटीको दिपायल सिलगढी नगरापालिका –५ गैरामा घर भत्किँदा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिवार राति घरमा सुतिरहेको समयमा घर भत्किँदा स्थानीय ३० बर्षीया गङ्गा मलासीको मृत्यु भएको हो ।

घटनाको बारेमा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले आइतबार बिहान ५ बजे मृतकको शव भत्किएको घरबाट निकालेका थियो ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077