Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा निजामति कर्मचारी सेवा ऐन ल्याउने तयारी

दाङ । लुम्बिनी प्रदेशले निजामति कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारले कर्मचारीहरुको हितलाई ख्याल गर्दै उनीहरुको वृद्धि विकासका लागि प्रदेश निजामति कर्मचारी सेवा ऐन ल्याउन लागेको हो ।

शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्री परिषद्को बैठकले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक प्रदेश सभा समक्ष पेश गर्ने निणर्य गरेको हो ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीका अनुसार प्रदेशमा रहेका कर्मचारीहरुको वृद्धि विकास र सहज व्यबस्थापनका लागि सरकारले ल्याउन लागेको ऐन छिट्टै कार्यान्वयनको चरणमा जाने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077