Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी पाँच जिल्लामा आकस्मिक बाढीको सम्भावना

काठमाडौं । देशका विभिन्न क्षेत्रका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक भएर बहने केही स–सना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको सम्भावना रहेको छ ।

यस्तै ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, सल्यान, रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077