Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजधानीका नाइट क्लब र डान्स बार अपराधका अखडा

काठमाडौं । राजधानीका नाइट क्लब र डान्स बार आपराधिक गतिविधिका अखडा बन्न थालेका छन् । नेपाल प्रहरीले असारमा मात्रै दुईवटा घटनामा संलग्नलाई पक्राउ गरेपछि ती ठाउँहरू आपराधिक गतिविधिको अखडा बन्न थालेको पुष्टि भएको हो ।

१६ वर्षे किशोरीमाथि बलात्कार र लागुऔषध सेवनकर्ताहरूको जमघट एवं कारोवारमा सक्रियहरू पक्राउ परेपछि राजधानीका डान्स बार र नाइट क्लबलाई प्रहरीले निगरानीमा राखेको छ।

बिहीबार साँझ मात्रै नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स ९एलओडी० का सञ्चालक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गर्यो। उनका अर्का साझेदार रुदिलबल्लव श्रेष्ठ भने फरार छन्।

उनलाई पनि प्रहरीले खोजी गरिरहेको छ। ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरू सुवाल र श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। काठमाडौं प्रहरीले सुवाललाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ ।

कम्पनी रजिस्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्धपत्रमा रुदिलबल्लभ र राजु सिंह मात्र सञ्चालक देखिन्छन्। त्यसैले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिइएको थियो। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077