Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले प्रचण्डलाई लक्षित गर्दै भने - भारतीय गुलामहरुले देश चलाउँदैछ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको टिप्पणी गरेका छन् ।

बिहीबार राति सामाजिक सञ्जालमार्फत मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् । उनले दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेको बताए ।

उनले लेखेका छन्, ‘हामीलाई प्रचन्डज्यु भन्दा प्रचन्डज्युलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथी शंका लायो, दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ । भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र बिरोधमा ? र म मात्र अदालतको अबहेलनामा ? सबै जना मरेका लासहरू हुन ?’

प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘आफू प्रधानमन्त्री बन्न व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिएसँगै व्यापक विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077