Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोलि सिंहदरबार घेराउ गर्दै स्थानीय तहका जनप्रतिनिधि

काठमाडौं । देशैभरका स्थानीय तहका जनप्रतिनिधिहरूले शुक्रबार सिंहदरबार घेर्ने भएका छन् ।

सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको विरुद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेका हुन् ।

सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले जानकारी दिए ।

त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077