Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महानगरभित्रको सरकारी जग्गामा समन्वय नगरी संरचना बनाउन खोजे नक्सा पास गर्दैनौं : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारी जग्गा महानगरको अनुमतिबिना लिजमा लिएर भौतिक संरचना बनाउन स्वीकृत नदिने बताएका छन्।

मेयर बालेनले बिहीबार सामाजिक संञ्जाल फेसबुकमा स्ट्याटस राख्दै यस्तो बताएका हुन्। मेयर बालेनले महानगरभित्रका सरकारी जग्गा कुनैपनि स्वार्थ सिद्ध हुनेगरी लिजमा लिनेदिने कार्य नगर्न सूचना जारी गरेका छन् ।

मेयर बालेनले भनेका छन्,'स्थानीय तहको कार्यपालिकाको निर्णय सहितको सिफारिस भएमा मात्र नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी सरकारी जग्गा लिजमा दिन सक्ने व्यवस्था गरेको छ । सार्वजनिक वा सरकारी प्रयोजनको लागि आवश्यक पर्ने सरकारी जग्गा भने कुनै व्यक्ति, निकाय वा संस्थालाई लिजमा उपलब्ध गराउन नसकिने कुरा सो कार्यनीतिमा स्पष्ट पारिएको छ।'

उनले महानगर मातहतका जग्गा महानगरसँग समन्वय नगरी कार्यपालिकाको निर्णयसहितको सिफारिस नलिई लिजमा लिनेदिने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । त्यस्तो जग्गामा महानगरले नक्सा पास नगर्ने तथा भौतिक संरचना बनाउन पनि स्वीकृति नदिने मेयर बालेनले स्पष्ट पारेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको रेखदेख तथा संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई तोकेको उल्लेख गर्दै बालेनले महानगर कार्यपालिकाको निर्णयसहितको सिफारिसमा मात्र संघीय सरकारले लिजमा दिने सक्ने बताए ।

उनले प्रचलित कानून प्रतिकूल भएको लिज सम्बन्धी निर्णय वा त्यसका आधारमा गरिने लिज सम्झौताले कानूनी मान्यता नपाउने उल्लेख गर्दै त्यस्तो कार्यमा संलग्न नहुन सरोकारवालालाई सबैलाई सूचित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077