Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेले भने - भ्रष्टाचारको फाइल खोलेजस्तो गरेर बन्द गर्ने षडयन्त्र भयो

डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेजस्तो गरेर बन्द गर्ने षडयन्त्र भैरहेको बताएका छन् ।

डडेल्धुरामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले ठूला दलहरु सत्ता जोगाउनमा केन्द्रित भएको टिप्पणी गरे । सभापति लामिछानेले नयाँ राजनीतिक दल आएपछि पूरा राजनीतिक दल सुध्रिएलान् भन्ने अपेक्षा गरेपनि नभएको बताए ।

सभापति लामिछानेले भने,‘सत्ता जोगाउने खेलमा ठुला राजनीतिक दलहरु लागेका छन् । उनीहरुलाई खतराको घण्टी लागेको छैन। यो तोड्नपाए हुन्थ्यो भन्ने लागेको छ । काण्डहरुको भर्खरै खुलासा हुँदैछ । हाम्रो पहिलो एजेण्डा नै भ्रष्टाचारको जरो उखेल्ने हो । सरकारले अहिले भ्रष्टाचारका फाइलहरू खोल्ने काम सुरु गरेको छ । तर म यहीँबाट सरकारलाई भन्छु फाइल खोलेजस्तो गरेर बन्द गर्ने कुनै षडयन्त्र नगर्नुहोला यदि गरे पनि ०८४ सम्म त जसोतसो चल्ला तर ०८४ पछि त्यो टिक्नेवाला छैन ।’

सभापति लामिछानेले जिस्काउनका लागि फाइनल खोलेजस्तो नगर्न आग्रह गर्दै जनताले ध्यान दिएर हेरिरहेको बताए ।

सभापति लामिछानेले हिजो शासकहरूको बन्दुक र गोलीसँग नडराएको सिपाही भएर अब नडराइ स्वतन्त्र पार्टीमा गएँ भन्दिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077