Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बलात्कार आरोपमा गुप्तचरका कर्मचारी पक्राउ

काठमाडौं । बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत दामोदर पौडेललाई पक्राउ गरेको हो ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले थप अनुसन्धान गरिरहेको छ ।

आफूलाई विवाह गर्ने प्रलोभन देखाएर पौडेलले बलात्कार गरेको पिडितको दाबी छ ।

विवाह गर्न आलटाल गरेपछि पिडित प्रहरीकहाँ पुगेकी हुन् । प्रहरीले यस प्रकरणमा अनुसन्धान अघि बढाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनलाई निलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077