Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको छ।

२०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा बोर्डले बिहीबार अपरान्ह सार्वजनिक गरेको हो।

यसअघि आजै बसेको बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको थियो। एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए।

तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।

जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएका छन्। यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए । नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ ।

एसईई नतिजा तल उल्लेखित वेवसाइटबाट हेर्न सकिन्छ :

https://see.ntc.net.np/

http://see.gov.np/

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077