Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित धनगढीबाट तीन जना पक्राउ

धनगढी । प्रहरीले धनगढीबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपलिका ३ र ८ बाट तीन जनालाई पक्राउ गरिएको हो ।

धनगढी उपमहानगरपालिका-३ को सब्जिमण्डीबाट १९० मिलिग्राम लागूऔषध खैरो हेरोईन २० वर्षीय ज्ञानु धामी र २० वर्षकै मनोज केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गएराति शंकाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै वडा नम्बर ८ को धनगढी गाउँबाट छ मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित ३४ वर्षीय राम बिलाश रानालाई पक्राउ गरिएको छ ।

उनलाई बुधबार साँझतिर पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077