Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नाबालिका बलात्कार प्रकरण : एलओडी क्लबका सञ्चालक श्रेष्ठ र सुवालविरूद्ध पक्राउ पुर्जी

काठमाडौं । ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी)क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ अनुमति लिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले ३० जेठमा एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेसंगै सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

३१ जेठमा बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी थिईन् । सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालमाथि अनुसन्धान थालेको हो ।उनीहरुविरुद्ध जिल्ला अदालत, ललितपुरबाट पक्राउ पूर्जी लिएर प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077