Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा ४५ हजार घुस रकमसहित इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिंदा लिंदै एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

रुपेन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

कोटहीमाई गाउँपालिका वडा नं. ७ मा पर्ने सडकको ग्राभेल र पीसीसी गर्ने कार्यको नापजाँचपछि भुक्तानी गर्ने प्रयोजनको लागि इन्जिनियर यादवले सेवाग्राही घुस मागेको अख्तियारले जनाएको छ ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले इन्जिनियर यादवलाई ४५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077