Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • काम भएको भन्दा बढी भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

    काम भएको भन्दा बढी भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमा कार्य नभए पनि कार्य सम्पन्न भएको प्रतिवेदन बनाएर भुक्तानी गरेको अभियोगमा अख्तियारले उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।



    अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव, सवइन्जिनियर उपेन्द्र कुशवाहा, रानीवास खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष सोनालाल प्रसाद यादव, सचिव नन्द किशोर साह कानु र कोषाध्यक्ष गीता कुमारी साहले सिम्रौनगढ नगरपालिका २ स्थित रानीवास खेल मैदान निर्माण कार्यमा अनियमितता गरेको भन्दै मुद्दा दायर गरिएको हो ।



    निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत समेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब इन्जिनियर उपेन्द्र कुशवाहले सिम्रौनगढ नगरपालिका–२ को रानीबास संग्रहालय भवन निर्माण र अन्य दुई योजनामा काम भएको भन्दा करिब ६ लाख रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको आरोप छ ।

    रानीबास संग्रहालय भवन निर्माणमा ४ लाख २ हजार ९८० रुपैयाँ २० पैसा बढी भुक्तानी दिएको भन्दै अख्तियारले उपभोक्ता समितिका अध्यक्ष निरञ्जनप्रसाद कुशवाह, सचिव रामपाल दास र कोषाध्यक्ष सन्ध्या देवीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    त्यस्तै सिम्रौनगढ नगरपालिका–८ रामदिनेशको घरदेखि कचोर्वा बजारसम्मको सडक ढलानमा ८१ हजार ९६३ रुपैयाँ ४५ पैसा बढी भुक्तानी दिएको अख्तियारको दाबी छ । यसमा उपभोक्ता समितका अध्यक्ष सञ्जय यादव, सचिव दिपेन्द्र चौधरी र कोषाध्यक्ष विजुृली देवी विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सिम्रौनगढ नगरपालिका–२ स्थित रानीबास खेल मैदान निर्माणमा १ लाख ५६८ रुपैयाँ ७५ पैसा बढी भुक्तानी दिएको आरोप छ । उपभोक्ता समितकिा अध्यक्ष सोनालालप्रसाद यादव, सचिव नन्दकिशोर साह कानुन र कोषाध्यक्ष गीताकुमारी साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार