Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेका छन् । उनको खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु हो ।

त्यस्तै अन्य दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते हुनेमा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम रहेका छन् ।

घाइते भएका उनीहरुलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077