Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • रिभर्स रिपोमा मागभन्दा बढीको आवेदन

    रिभर्स रिपोमा मागभन्दा बढीको आवेदन

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 753
    SHARES

    काठमाडौं । बजारको अधिकतरलता उठाउन नेपाल राष्ट्र बैंकले मंगलवार जारी गरेको रिभर्स रिपोमा मागभन्दा बढीका लागि आवेदन परेको छ ।

    केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोका लागि बोलकबोल आह्वान गरेकोमा २८ अर्ब ८० करोड रुपैयांका लागि आवेदन परेको छ ।



    मंगलवारको रिभर्स रिपोमा ११ ओटा बैंक तथा वित्तीय संस्थाले ६१ ओटा बोलकबोल पेश गरेका थिए । जसमा अधिकत ५ दशमलव ३७ प्रतिशत र न्यूनतम ४ दशमवल ४९ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ५ दशमलव शून्य ५ प्रतिशत ब्याजदर कायम भएको छ ।

    चालू आर्थिक वर्ष (आव) मा जारी भएको यो तेस्रो रिभर्स रिपो हो । चालू आवको माघमा ५ अर्बको रिभर्स रिपो जारी भएकोमा असारको ७ र १० गते गरी २३ अर्ब १० करोड रुपैयाँ बराबरको जारी भएको थियो ।

    मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी बिन्दुले तलमाथि भएमा रिपो र रिभर्स रिपो जारी गर्ने प्रावधान छ । आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार