Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडौंका सीडीओ उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    काठमाडौंका सीडीओ उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।



    लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने समितिले वरिष्ठतम सहसचिवहरु लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्ने बस्नेत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत छिन् ।



    घिमिरे चिनको छेन्दुमा महाबाणिज्यदुत छन् । शंकरदास बैरागीले राजीनामा दिएपछि बैकुण्ठ अर्याल मुख्यसचिव भएका छन् ।

    यो बीचमा सचिव यादव कोइराला पनि अवकाश भएका छन् भने रामप्रसाद थपलियाले मंगलबार राजिनामा दिएका छन् । उनीहरुको ठाउँमा बढुवाका लागि समितिको बैठक फेरि बस्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार