Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेले भने - रास्वपा सरकार ढाल्ने खेलमा लागेको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टी अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् ।

मंगलबार बिहान धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको भन्दै सरकार ढाल्ने खेलमा नलागेको बताएका हुन् ।

एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अहिले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नलागेको प्रष्ट पारे ।

उनले भने, 'हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ। सरकार ढाल्ने विषयमा हामी सहभागी छैनौँ। त्यसमा हाम्रो इन्ट्रेस्ट पनि छैन । अहिले हामी पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेका छौँ ।’

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको आरोप लगाउँदै मिश्रित जनमतका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077