Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय समितिका सभापति चयनका विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति चयनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।

सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु छन् ।

ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077