Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज देशभरका अदालतमा बन्दीबाहेकका मुद्दामा बहस नहुने

काठमाडौं । कानून व्यववसायीहरूले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएका छन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरले आइतबार प्रेस विज्ञप्ति जारी गरी सोमबार दशैभरिका अदालतमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी नगर्ने जनाएका हुन्।

बारले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानून व्यवसायीलाई पक्राउ गरिएको विरोधमा बहस रोक्न लागेको हो । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो।

बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्नेमा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077