Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोमबार देशभरका अदालतमा बन्दीबाहेकका मुद्दामा बहस नगर्ने बारको चेतावनी

काठमाडौं । नेपाल बार एशोसिएशनले घुस माग्ने कर्मचारीको पक्ष लिएर कानुन व्यवसायीलाई कृतिम मुद्दामा फसाएको भन्दै विरोधमा उत्रेको छ ।

नेपाल बार एशोसिसनले आइबार एक विज्ञप्ति जारी गर्दै देशैभरीका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणका मुद्दामाबाहेक बहस पैरवी नगर्ने निर्णय गरेको छ । बार अध्यक्ष गोपाकृष्ण घिमिरे र महासचिव अञ्जीता खनालले जारी गरेको विज्ञप्तिमा यस्तो चेतावनी दिएको हो ।

असार १३ गते ललितपुर जिल्ला अदालतमा अदालती काम कारबाहीको सन्दर्भमा सेवा लिने/दिने क्रममा उच्च अदालत बार एशोसिएशन पाटनका सदस्य अधिवक्ता अमिर लामिछाने र ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्वा प्रेमिका तामाङले मुद्दामा भएको आदेश हेर्नलाई खर्च (घुस) मागेको आरोप बारले लगाएको छ।

‘अधिवक्ता अमिर लामिछानेलाई एकतर्फी दोषी देखाउने अभिप्रायले गरिएको घटना विकासप्रति नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ यस्ता प्रकृतिका घटना घट्नु निश्चय नै दुःखद् हुनुको साथै यस्ता कार्यले न्यायालयको स्वच्छता र गरिमालाई धुमिल पार्दछ।’

गत बुधबार जिल्ला अदालतको कार्यालयभित्र नासु तामाङमाथि हातपात गरेको आरोपमा प्रहरीले लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077